२०८१ चैत्र १४ गते , विहीबार
प्रज्ञा एकाडेमीका प्रिन्सिपल पाण्डे प्याब्सन कोसी प्रदेशको उपाध्यक्षमा चयन

भद्रपुर । प्रज्ञा एकाडेमीका प्रिन्सिपल तथा भद्रपुर-१० निवासी इशुभ पाण्डे प्याब्सन कोसी प्रदेशको उपाध्यक्षमा चयन भएका छन । बुधवार इटहरीस्थित दुर्गा पाटी प्यालेसमा आयोजित प्याब्सन कोशी प्रदेशको अधिवेशनबाट पाण्डे निर्विरोध चयन भएका हुन् ।
पाण्डेसहित झापा जिल्लाबाट अन्य ४ जना पनि सर्वसम्मत चयन भएका छन । जसमध्ये वरिष्ठ उपाध्यक्षमा कोषराज प्याकुरेल, सचिवमा गौरीमान फागो तथा सदस्यहरूमा क्रमशः ध्रुव गौतम र भानु सिंह राजवंशी रहेका छन् । प्याब्सन कोसी प्रदेश अध्यक्षमा सुमित थापा निर्विरोध चयन भएको जनाइएको छ ।