२०८१ माघ २७ गते , आईतबार

अभिनेत्री अरुणिमाको वैवाहिक सम्बन्धमा दरार आएको आशंका

sajilo news
झापा
२०८१ माघ २० गते , आईतबार
अभिनेत्री अरुणिमाको वैवाहिक सम्बन्धमा दरार आएको आशंका

अभिनेत्री अरुणिमा लम्सालको वैवाहिक सम्बन्धमा दरार आएको आशङ्का गरिएको छ । अभिनेत्री लम्सालले पति र विवाहका तस्बिर सामाजिक सञ्जालबाट हटाएपछि यस्तो आशङ्का जन्मिएको हो ।

अभिनेत्री अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका तस्बिरहरू देखिँदैनन् । गत भदौमा सुनसरीका काँग्रेस नेता युवराज श्रेष्ठसँग अरुणिमाको काठमाडौँको एक मन्दिरमा दोस्रो विवाह भएको थियो ।

पछिल्लो समय अमेरिका बस्दै आएकी लम्सालले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरू गायब गराएपछि उनको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो । अरुणिमाले विवाहका तस्बिर र भिडिओहरू प्रशस्तै सङ्ख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन् । ती तस्बिर र भिडिओहरू अहिले देखिएको छैन ।

अरुणिमाका यसअघि अमित अर्यालसँग पहिलो विवाह भएको थियो। पहिलो विवाह टुटेपछि अरुणिमाले युवराजसँग मागी विवाह गरेकी थिइन् ।

सम्बन्धित समाचार