२०८१ माघ २७ गते , आईतबार

नक्कली नोटसहित एक युवक पक्राउ

sajilo news
झापा
२०८१ माघ २० गते , आईतबार
नक्कली नोटसहित एक युवक पक्राउ

नक्कली नोटसहित युवक पक्राउ परेका छन्। ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट सहित भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनी पक्राउ परेका हुन्। 

सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो। 

साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार