२०८३ बैशाख २३ गते , बुधबार

झापामा कुटपिटबाट एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ माघ १९ गते , शनिबार
झापामा कुटपिटबाट एक जनाको मृत्यु

झापा । झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मृत्यु हुनेमा कमल गाउँपालिका-७ का ४५ वर्षीय देवलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गरेका थिए । घाइते चौधरीको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो । घटनामा संलग्न बास्तोलालाई घटना भए लगत्तै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार