अनुष्णका-बिराटको अंगरक्षकको तलब भारतीय बैङ्कको सिइयोभन्दा बढी

मुम्बई । बलिउड अभिनेत्री अनुष्णका शर्मा र भारतीय क्रिकेटर विराट कोहली लोकप्रिय जोडी मध्ये एक हुन् । उनका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा सदैव भाइरल भइरहेका हुन्छन् । अनुष्णका र विराट आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न मन पराउँदैनन्। यस कारणले, मानिसहरूलाई तिनीहरूको बारेमा त्यति नै थाहा छ, जति तिनीहरूले प्रकट गरेका हुन्छन्।
अनुष्णका र विराटले पनि आफ्ना छोराछोरीको सुरक्षाको विशेष ख्याल राखिरहेका छन् । यो जोडीको आफ्नै व्यक्तिगत अंगरक्षकहरू छन, जो सधैँ उनीहरूसँगै देखिन्छन्। अनुष्णका र विराटको अंगरक्षकको नाम प्रकाश सिंह उर्फ सोनू हो ।
सोनु लामो समयदेखि अनुष्णका र विराटसँग रहँदै आएका छन् । सोनु विवाह अघि नै अनुष्णका शर्माको अंगरक्षक थिए । विवाह पछि उनले अनुष्णकाका पति विराट कोहलीलाई सुरक्षा पनि दिइरहेका छन् । सोनुले अनुष्णका र विराटबाट सुरक्षाका लागि ठूलो पारिश्रमिक लिन्छन् ।
अनुष्णका शर्मा र विराट कोहलीको व्यक्तिगत अंगरक्षकको तलब कुनै पनि कम्पनीको सीईओभन्दा कम छैन। रिपोर्टमा विश्वास गर्ने हो भने उनले यस जोडीबाट वार्षिक १.२ करोड भारु लिन्छन् । ठूला कम्पनीका सीईओको तलब १.२ करोड हुने गर्दछ ।
अनुष्णका आफ्नो बडीगार्डलाई परिवारको सदस्य जस्तै मान्छिन् । सन् २०१८ मा उनले ‘जिरो’ को सेटमा सोनूको जन्मदिन पनि मनाइ दिएकी थिइन । उनको जन्मदिन मनाउने तस्बिरहरू सार्वजनिक भइरहेका हुन्छन् । जब अनुष्णका पहिलो पटक आमा बन्न लागेकी थिइन्, सोनुले उनको निकै नै ख्याल राखेका थिए । उनले पूर्ण सुरक्षा व्यवस्था गरे, धेरै पटक सोनूले गर्भावस्थामा अनुष्णकाको पिपिई किट लगाएर हेरचाहसमेत गदर्थे।
वर्क फ्रन्टको कुरा गर्ने हो भने अनुष्णका शर्मा पछिल्लो पटक फिल्म ‘जिरो’ मा देखिएकी थिइन् । उनका फ्यानहरू उनको फिल्म ‘चक्डा एक्सप्रेस’ को प्रतीक्षामा रहेका छन् । यो फिल्म क्रिकेटर झुलन गोस्वामीको बायोपिक हो ।