२०८३ बैशाख २३ गते , बुधबार
हरिण काट्दै गरेको अवस्थामा राई पक्राउ
हरिण काट्दै गरेको अवस्थामा मोरङको लेटाङस्थित हरियाली सामुदायिक वनमा एकजना पक्राउ परेका छन् । हिजो साँझ ७ बजे लेटाङ –९ स्थित हरियाली सामुदायिक वनमा जाँते– पथरी भित्री सडक खण्डभन्दा अन्दाजी ३सय मिटर पूर्वमा हरिणको मासु काट्दै गरेको अवस्थामा लेटाङ –९ बस्ने ४७ वर्षीय कुमार राई पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मङ्गलबारेबाट खटिएको संयुक्त टोलीले हरिणको मासुसहित को.११ प ६०५८ नं.को मोटरसाइकल, एक थान खुकुरी, एक थान मोबाइल ,नगद ६ हजार ५६५ रुपैयाँ बरामद गरेको छ । राईलाई अनुसन्धान तथा कारबाहीको लागि इलाका वन कार्यालय मङ्गलबारेमा बुझाइएको छ ।