२०८१ फाल्गुन ४ गते , आईतबार
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउनसक्ने जापानी अधिकारीहरूले चेतावनी दिएका छन्।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१:१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ। जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ।