२०८३ बैशाख २३ गते , बुधबार

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

sajilo news
एजेन्सी
२०८१ पौष २९ गते , सोमबार
रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।  खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए। 

३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए। एक गोल एलेजान्ड्रो बाल्डेले गरे।

खेलको ५६ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। त्यसकै फाइदा उठाउँदै रोड्रिगोले गोल फर्काए। योसँगै बार्सिलोनाले अघिल्लो सिजन फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। रियलले भने बार्सिलोनालाई हराउँदै उपाधि बराबरी गर्ने ्मौका गुमाएको छ। 

सुपर कपको उपाधि १५ पटक जित्ने बार्सिलोना एक्लो टोली हो। बार्सिलोना २ पटक सेमिफाइनलबाट बाहिरिदा १२ पटक उपविजेता बनेको छ। रियलले भने १३ पटक उपाधि जित्दा ७ पटक उपविजेतामा सिमिति बनेको छ।

 

सम्बन्धित समाचार