२०८१ फाल्गुन ४ गते , आईतबार

सलमान खानको विवाह बारे यसो भन्छन् उनका बुबा

sajilo news
एजेन्सी
२०८१ पौष २७ गते , शनिबार
सलमान खानको विवाह बारे यसो भन्छन् उनका बुबा

काठमाडौँ । बलिउड अभिनेता सलमान खानले विवाह गर्न नचाहनुको कारण उनका बुबा सलिम खानले खुलाए छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ ।

उनका बुबाका अनुसार ‘हुनेवाला श्रीमतीमा आमाको गुण खोज्ने’ सलमानको व्यवहारका कारण विवाह हुन नसकेको हो । सलमान आफ्नी श्रीमतीले आमाले जस्तै व्यवहार गरोस् भन्ने चाहन्छ । उनी बाहिरी काम गर्ने युवती भन्दा पनि घरमा बसेर सलमान र उनका परिवारको हेरचाह गर्ने युवती चाहन्छन् । यस्तो युवती अहिले भेट्टाउन गाह्रो भएको भन्दै यही कारणले उनको विवाह हुन नसको सलिमले खुलाएका हुन् ।

‘सलमान प्रायः फिल्मका हिरोइन मन पराउँछन्। तर, जब अभिनेत्रीसँग सम्बन्धमा हुन्छन्, तब उनी उनीहरूमा आमाका गुण खोज्न थाल्छन्। र, आमाजस्तै होस् भन्ने चाहन्छन्’ सलिमले भनेका छन्–‘करिअर–उन्मुख महिलाले आफ्नो करिअर छाडेर घरको हेरचाह गरोस् भन्ने चाहना राख्नु नै उसको विवाह नहुनुको कारण हो।’

करियर बनाउँदै गरेका चर्चित युवती मन पराउने अनि अपेक्षा चैँ आमाले जस्तै घर र बच्चाहरूको हेरचाह गरून्, स्कुल लैजाउन्, गृहकार्यमा मद्दत गरुन्, खाजा/खाना बनाउन भन्ने चाहना नै सलमानको विवाह नहुनुको कारणका रुपमा उनले व्याख्या गरेका छन्।

सलमान खान अव छिट्टै फिल्म ‘सिकन्दर’ मा देखिनेछन्। फिल्ममा उनीसँगै रश्मिका मन्दना पनि मुख्य भूमिकामा देखिनेछिन्। यो फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुनेछ। तर, रश्मिका घाइते भएका कारण अहिले सुटिङ रोकिएको छ।

सम्बन्धित समाचार