२०८३ बैशाख २३ गते , बुधबार
चोरको निशानामा सिटी सफारी, भद्रपुरमा फेरि सफारी चोरी
झापाको भद्रपुरमा फेरि सिटी सफारी चोरी भएको छ । साबिक पृथ्वीनगर गाविस ५ हाल भद्रपुर नगरपालिका- २ चाराली निवासी पशुराम गुरुङको सिटी सफारी गएराति चोरी भएको छ । उनको प्रदेश १-०१-००२ ह नम्बरको सिटी सफारी चोरी भएको हो । घर आँगनबाटै सफारी चोरी भएपछि उनले प्रहरीमा जानकारी गराइसकेको छ ।
पछिल्लो समयमा सिटी सफारी चोरीका घटना भद्रपुरमा बढिरहेको छ । गत पुस १८ गते राति भद्रपुर नगरपालिका- ६ को तेलिभिट्टा नजिकै बस्ने लप्टन भनिने धनबहादुर वनको सिटी सफारी चोरी भएको छ । घर आँगनमा पार्किङ राखिएको उनको १-०१-००२ ह ८५० नम्बरको सफारी चोरी भएको छ ।
६ महिनाअघि भद्रपुर–१० लेखनाथ चोक निवासी रमेश चम्लागाईको घरको कम्पाउन्डबाट चार्जमा राखिएको प्र १–०१–०२ ह ३२२४ नम्बरको निलो नयाँ सिटी सफारी चोरी भएको थियो। चार्जको तार काटेर सफारी चोरी गरिएको थियो ।