२०८३ बैशाख २३ गते , बुधबार

सीआइबीले हान्याे अवैध कल सेन्टरमा छापा, ५३ जना पक्राउ

sajilo news
झापा
२०८१ पौष २३ गते , मंगलबार
सीआइबीले हान्याे अवैध कल सेन्टरमा छापा, ५३ जना पक्राउ

ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट  सीआइबीको टोलीले छापा हानेर ५३ जना पक्राउ गरेको छ।  पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिए। 

उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको थापाले बताए।  पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सम्बन्धित समाचार