सशस्त्रका डीआइजी सुवेदीको घरमा दिउँसै चोरी
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी सुनसरीका प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीको घरमा दिनदहाडै लुटपाट हुँदा समेत त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
डीआईजीको अर्जुनधारा–९स्थित मूल घरबाट १५ लाख रुपैयाँ बरावरको धनमाल चोरी भएको थियो । उक्त घरमा डीआईजीकी आमा र साथमा दाजु रश्मिशखेर सुवेदी बस्ने गरेका थिए । गत पुस १८ गते दिउँसै उनको घरमा चोरी भएको हो ।
दिनदहाडै घरबाट नगद ६ लाख रुपैयाँ सहित चार तोला सुन लगेको डीआईजीका दाजु रश्मिशेखरले जानकारी दिए । डीआईजी सुवेदीका दाजु पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश पार्षद् हुन् ।
६ लाख रुपैयाँ नगद घरमा राखेको थिएँ– पत्रकार रश्मिशखेरले भने– म घरमा थिइन, साँझ घर फर्कँदा ढोका फोरेर नग सहित आमाका सुनका गहना, अन्य सामान गरी १५ लाख रुपैयाँ बरावरको धनमाल दिन दहाडै लुटेर लगेछ । प्रहरीलाई तत्काल जानकारी गराउँदा समेत चोरीमा संलग्नलाई पक्राउ नपर्नु दुखद हो ।
यता यस विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले घटनाको सूक्ष्म रुपमा अध्ययन भइरहेको बताएका छन् । उनले घटनामा संलग्नको पहिचान गर्न प्रहरी परिचालन गरिएको बताए ।