२०८३ बैशाख २३ गते , बुधबार

झापामा ब्राउन सुगरसहित चारजना पक्राउ

sajilo news
झापा
२०८१ पौष २० गते , शनिबार
झापामा ब्राउन सुगरसहित चारजना पक्राउ

झापामा लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् ।

शनिबार अपरान्ह ४ बजे कमल गाउँपालिका-४ साधुटोलस्थित सिता नेम्बाङको घरकोठाभित्र कमल–४ ज्योतिटोल बस्ने ३९ वर्षीय धनराज लिम्बू, साेही वडा साधुटोल बस्ने २६ वर्षीय रोहित नेम्बाङ, सोही ठाउँका २३ वर्षीय राजेश नेम्बाङलाई शंकास्पद अवस्थामा प्रहरी टोलीले शरीर तथा कोठासमेत खानतलासी गर्दा उनीहरुमध्ये धनराज लिम्बूले लगाएको जम्परको अगाडि पट्टीको गोजीमा प्लाष्टिकसहित १ ग्राम ४३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

सोही बेला धनराज लिम्बूलाई खोज्दै आएका शिवसताक्षी नगरपालिका- १ बस्ने ३३ वर्षीय सुरेश निरौलालाई सोधपुछ गर्दा उनले लागूऔषध खरिद गर्न आएको बताएका थिए । लागूऔषधसहित चारैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार