२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुर राष्ट्रपति रनिङ शिल्ड : हिमाली मावि चार स्वर्ण पदकसहित अगाडि

sajilo news
झापा
२०८१ पौष १८ गते , विहीबार
भद्रपुर राष्ट्रपति रनिङ शिल्ड : हिमाली मावि चार स्वर्ण पदकसहित अगाडि

भद्रपुर । भद्रपुर सातौँ नगर स्तरीय तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको जारी प्रतियोगितामा हिमाली माविले चार स्वर्ण पदक जितेका छन् । १५०० मिटर र ८०० मिटर छात्रातर्फ हिमाली माविकी सीमा सरदार, छात्रतर्फ १०० मिटर दौडमा हिमाली माविका नवीन राजवंशी र ट्रिपलजम्प छात्रामा हिमालीकी सुमित्रा सोरेनले स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै दोस्रो दिनको खेलसम्म सगरमाथा माविले तीन, वीरेन्द्र माविले तीन, चन्द्रभानु माविले दुई, भद्रपुर मावि, सिद्धार्थ शिशु सदन, मोरान मेमोरियल र प्रज्ञा एकेडेमी एक एक स्वर्ण पदक जितेका छन् । भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले भद्रपुर माविको खेल मैदानमा जारी दा्ेस्रो दिनको खेलमा ८०० मिटर दौड छात्रमा सगरमाथा माविका सन्ताप थापा प्रथम, मुनाल एकेडेमीका आइस राई द्धितिय र भद्रपुर माविका साइला टुडु तृतीय भएका छन् । 

८०० मिटर दौड छात्रामा हिमाली माविकी सीमा सरदार प्रथम, सगरमाथा माविकी बिन्दा राई द्धितिय र भद्रपुर माविकी सुस्मिता हजाम तृतीय भएकी छिन् । २०० मिटर दौड छात्रमा सगरमाथा माविकी सन्तान थापा प्रथम, सिद्धार्थका सञ्जय हेमरम द्धितिय र मोरानका लखिराम र्मुर्मु तृतीय भएका छन् । २०० मिटर दौड छात्रामा सगरमाथा माविकी रञ्जनी बजगाईँ प्रथम, हिमाली माविकी रुबिना तामाङ द्धितिय र चन्द्रभानु ज्योति माविकी खुसी क्षेत्री तृतीय भएकी छिन् । 

लङ्गजम छात्रमा सिद्धार्थका योगेश अधिकारी प्रथम, मोरानका ज्योतिष राजवंशी द्धितिय र सगरमाथा माविका मञ्जिल मगर तृतीय भएका छन् । लङ्गजम छात्रामा वीरेन्द्र माविकी कोपिला राजवंशी प्रथम, चन्द्रभानु ज्योति माविकी उदिक्षा थापा मगर द्धितिय र हिमाली माविकी सुमित्रा सोरेन तृतीय भएकी छिन् । त्यसैगरी ट्रिपलजम्प छात्रमा मोरानका आश्रित राई प्रथम, हिमाली माविका मदन विश्वकर्मा द्धितिय र सगरमाथा माविका मञ्जिल मगर तृतीय भएका छन् । ट्रिपलजम्प छात्रामा हिमाली माविकी सुमित्रा सोरेन प्रथम, मोरानकी सफिरा दर्जी द्धितिय र वीरेन्द्र माविकी कोपिला राजवंशी तृतीय भएकी छिन् ।  

भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिक तथा निजी गरी २४ विद्यालयले सहभागिता जनाउने शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए ।  प्रतियोगितामा छात्रा र छात्रको भलिबल र कबडीका खेलहरू भइरहेको छ । 

सम्बन्धित समाचार