२०८३ बैशाख २३ गते , बुधबार

झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८१ पौष १३ गते , शनिबार
झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । शिवसताक्षी– ४ का २३ वर्षीय लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई शुक्रबार दिउँसो ४:२० बजे इलाका प्रहरी कार्यालय शिवगञ्जको टोलीले वडा नम्बर ४ को डाँडा गाउँबाट पक्राउ गरेको हो ।

लागूऔषध मुद्दामा झापा जिल्ला अदालतको गत चैत २२ गतेको फैसलाले उनलाई ३ महिना २९ दिन कैद सजाय सुनाएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार