२०८३ जेष्ठ १७ गते , आईतबार
आप्रवासी बोकेको डुङ्गा मोरक्कोमा दुर्घटना, ७० जना बेपत्ता
आप्रवासी बोकेको डुङ्गा मोरक्को तटमा डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएका छन्। स्पेन जाने डुङ्गा कम्ती ८० आप्रवासी सवार रहेको सरकारी निकायले जनाएको छ। ११ जनालाई लाई उद्धार गरिएको छ, जसमध्ये नौ जना मालीका हुन्।
बेपत्ता भएकामध्ये २५ युवा मालीको पहिचान भएको सरकारले विज्ञप्तिमा जनाएको छ। हरेक वर्ष हजारौँ आप्रवासीले युरोप पुग्ने आशामा अफ्रिकी तटबाट खतरनाक समुद्र पार गर्ने प्रयास गर्छन्। सन् २०२४ सम्ममा स्पेन पुग्ने प्रयास गर्दा १० हजार ४०० भन्दा बढी आप्रवासीको मृत्यु हुने अनुमान गरिएको छ।