२०८३ बैशाख २३ गते , बुधबार
कचनकवलमा ठगीको आरोपमा दुई जना पक्राउ
कचनकवल । कचनकवल गाउँपालिका–४ फर्कागाछीबाट ठगीको आरोपमा दुईजना पक्राउ परेका छन् । स्थानीय महिला र वृद्धवृद्धालाई ललाईफकाई, डर त्रास देखाई धम्की दिने तथा नगद र जिन्सी सामान लिएर ठगी गर्दै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय केचनाको टोली, प्रहरी नायब निरीक्षक राजनकुमार प्रधानको नेतृत्वमा घटनास्थलमा पुगेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
पक्राउ परेका व्यक्तिहरू बिहारको किशनगञ्ज चुल्ली गाउँका २६ वर्षीय महमद राजा र सोही जिल्लाका डिमाहाट पोस्ट निवासी २५ वर्षीय बल्पी नेट रहेको खुलेको छ। उनीहरू द्यच् घठब्भ्ठछछद्द नम्बरको भारतीय मोटरसाइकलमा कचनकवल पुगेको स्थानीयले जनाएका छन् ।