२०८३ बैशाख २३ गते , बुधबार

एनपिएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

sajilo news
काठमाडौं
२०८१ पौष ८ गते , सोमबार
एनपिएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

एनपिएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। शनिबार त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको खेलमा दुर्व्यवहार तथा कुटपिटसमेत गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा डोटी आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिका-१ घर भई भाजंगल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन्।

फाइनल खेलपछि केही व्यक्तिहरूबीच झगडा भएको थियो। त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अपमानजनक शब्द प्रयोग गरेको र साम्प्रदायिक सद्भभाव बिगार्न खोजेको आरोप छ। अधिकारीका अनुसार अन्यको पनि खोजी भइरहेको छ। 'अभद्र व्यवहार गरेको भन्ने विषयमा अन्य व्यक्तिहरू पनि रहेको खुलेको छ। हामीले खोजी गरिरहेका छौं', उनले भने।

सम्बन्धित समाचार