२०८३ बैशाख २३ गते , बुधबार

झापाको बुद्धशान्तिमा गाँजाको कारोबार गर्ने युवती पक्राउ

sajilo news
झापा
२०८१ पौष ७ गते , आईतबार
झापाको बुद्धशान्तिमा गाँजाको कारोबार गर्ने युवती पक्राउ

झापाको बुद्धशान्तिमा लागूऔषध गाँजाको कारोबार गरिरहेकी एक युवती पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले गएराति साढे ११ बजे बुद्धशान्ति गाउँपालिका ३ स्थित धिमाल टोलमा गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँका ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको थियो ।

गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७० , तराजु –१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाइटर १० पिस, सुतली डोरी अन्दाजी १० मिटर, प्याकेजिङ प्लास्टिक ५० पिस, दाउजस्तो कटर चक्कु ३ थान, कैँची १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाइल १ थानसमेत बरामद भएको थियो । ती सामानहरूसहित श्याम धिमालकी छोरी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार