२०८३ बैशाख २३ गते , बुधबार

महिला यु-१९ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

sajilo news
झापा
२०८१ पौष ५ गते , शुक्रबार
महिला यु-१९ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

एसीसी महिला यु-१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। ११ ओभरमा छुट्याइएको खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका लागि फहोमिडा चोयाले सर्वाधित २६ रन बनाइन्। त्यस्तै सुमैयाले १० रन बनाइन् भने इभाले १८ रन बनाइन्। यसअघि नेपालका लागि साबित्री धामीले सर्वाधिक ११ रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 

सम्बन्धित समाचार