२०८३ बैशाख २३ गते , बुधबार

श्रीलंकालाई हराउँदै भारत महिला यू-१९ एसिया कपको फाइनलमा

sajilo news
एजेन्सी
२०८१ पौष ५ गते , शुक्रबार
श्रीलंकालाई हराउँदै भारत महिला यू-१९ एसिया कपको फाइनलमा

भारत एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सुपर फोरको आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। 

मलेसियाको बायुमास क्रिकेट ओभल, क्वालालम्पुरमा आज विहान भएको पहिलो खेलमा श्रीलंकाले दिएको ९८ रनको लक्ष्य १४ दशमलव ५ ओभरमा ६  विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। उपाधिका लागि  अब भारतले आजै हुने नेपाल र बंगलादेशबीचको विजेतासँग आइतबार खेल्नेछ। खेल नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।

हिजो नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको थियो। वर्षाले खेल रद्द भएपछि दुवै टिमले एक–एक अंक बाँडेका थिए। बिहीबार नै सम्पन्न खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो। फाइनलमा पुग्न नेपाल र बंगलादेश दुबैलाई आजको खेल जित्नैपर्ने अवस्था छ।

नेपालले आज बंगलादेशलाई पराजित गरेमा फाइनलमा पुग्नेछ। नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो। भारत र पाकिस्तान सम्मिलित समूहमा रहेको नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो। भारतसँगको खेल भने वर्षाका कारण प्रभावित हुँदा विना नतिजा रद्द भएको थियो।

नेपालका लागि कप्तान पूजा महतोले शानदार अलराउन्ड प्रदर्शन गर्दै आएकी छन्। प्रतियोगिताभर कुल ७२ रन बनाएकी पूजा सर्वाधिक रन स्कोर गर्ने खेलाडीको तेस्रो स्थानमा छन्। उनले ३ विकेट समेत हात पारेकी छन्। 

सम्बन्धित समाचार