२०८३ बैशाख २३ गते , बुधबार
दमकका तीन युवक ब्राउन सुगरसहित पक्राउ
दमकका तीन युवक लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । सीमावर्ती झापा गाउँपालिका- ४ मा भारतबाट नेपालतर्फ आउदैं गरेका दमक नगरपालिका- १ बस्ने २९ वर्षीय किशोर खवास, सोही ठाउँ बस्ने २८ वर्षीय सुरज राजवंशी र २८ वर्षीय सुनिल साह प्लास्टिकसहित २ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
मंगलबार दिउँसो ३:१५ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा सुनिल साहले प्लास्टिकसहितको ब्राउन सुगर खेतमा फालेका थिए । तीन जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।