२०८३ बैशाख २३ गते , बुधबार
मुखमा हालेर लागुऔषध ल्याउने तामाङ मेची पुलमा पक्राउ
झापामा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।् उनलाई मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो ।
उनीमाथि शंका लागेर चेकजाँच गर्दा मुखमा लुकाएर ल्याउदैं गरेको खैरो हेरोइन प्लास्टिकसहित २ ग्राम ८५० मिलिग्राम (प्लास्टिकबाहेक २ ग्राम ३९० मिलिग्राम) फेला परेको नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।