२०८३ बैशाख २३ गते , बुधबार

बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

sajilo news
झापा
२०८१ मंसीर २९ गते , शनिबार
बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।

चार दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई जिल्ला अदालत लगिएको थियो । प्रहरीको अनुसन्धान नसकिएकाले अदालतले पाँच दिनको थप म्यादको अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई मंसिर २५ गते पक्राउ गरेको हो ।

सम्बन्धित समाचार