२०८३ बैशाख २३ गते , बुधबार
ब्रायन लारा एनपीएल हेर्न नेपाल आउँदै
क्रिकेटका महान ब्याटर ब्रायन लारा नेपाल आउने भएका छन्। नेपाल प्रिमियर लिग एनपीएल र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले सामाजिक संञ्जाल मार्फत वेस्ट इन्डिजका लिभिङ लेजेन्ड लारा नेपाल आउन लागेको जानकारी दिएका हुन्।
लारा एनपीएलकै दौरान नेपाल आउने बताइए पनि उनी आउने मिति भने खुलाइएको छैन। एनपीएलको ३२ मध्ये मंगलबारसम्म १७ खेल सकिएको छ।
ट्रिनिडाड एन्ड टोबागोका माहन क्रिकेटर लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ।
५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन्।