२०८१ माघ २ गते , बुधबार

मेडिकलमा लागुऔषध बेचेको आरोपमा बिर्तामोडका व्यवसायी पक्राउ

sajilo news
झापा
२०८१ मंसीर २० गते , विहीबार
मेडिकलमा लागुऔषध बेचेको आरोपमा बिर्तामोडका व्यवसायी पक्राउ

बिर्तामोड नगरपालिका– ३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना मेडिकल व्यवसायी पक्राउ परेका छन् । बिर्ताबजारमा सञ्चालनमा रहेको मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नसा सेन्टरका सञ्चालक राजेन्द्र शाह पक्राउ परेका हुन् । उनलाई डाक्टरको प्रेस्किप्सन बिना दिन नहुने ट्रामाडोल, प्रोक्सिवन, प्रेगावालिन लगायतका नशा दिने औषधी खुल्लमखुल्ला विक्री तरण गरेको पाइएपछि जनप्रतिनिधि तथा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी प्रकाश विष्टले औषधीसहित एक जना पक्राउ परेको र उनको साथमा फेला परेको औषधीको विषयमा जाँचबुझ भइरहेको जानकारी दिए ।

विभिन्न समयमा अनाधिकृत रुपमा औषधी विक्री गरेको जानकारी आएपछि पटक-पटक सम्झाउँदा पनि नसुध्रिएपछि प्रहरीलाई जिम्मा लगाइएको वडा नम्बर ३ का वडा सदस्य हरि बाँसकोटाले जानकारी दिए । शाहले मेडिकलको पछाडि पटी सिँढीमुनि राखेर विभिन्न ग्रुपलाई विक्री गर्ने गरेको नेकपा एमाले बिर्तामोड ३ का अध्यक्ष कोसिस घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार