२०८३ बैशाख २३ गते , बुधबार

झापामा स्रोत नखुलेको नगद ५ लाख ५० हजार बरामद

sajilo news
झापा
२०८१ मंसीर १६ गते , आईतबार
झापामा स्रोत नखुलेको नगद ५ लाख ५० हजार बरामद

झापा । झापामा स्रोत नखुलेको नगद ५ लाख ५० हजार सशस्त्र प्रहरीले बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल बिओपी पन्थापाडाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा आज बिहान अन्दाजी साढे १०। बजे झापा गाउँपालिका- ५ स्थित खाताबस्तीको पुल नजिकैबाट सो रकम बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई शङ्का लागि चेकजाँच गर्न खोज्दा उनी ब्याग फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ। सो ब्याग खोलेर हेर्दा नगद ५ लाख ५० हजार नेपाली रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । जसमा एक हजारका नोट ३०८ थान र पाँच सयका नोट ४८४ थान रहेको छ।

सम्बन्धित समाचार