२०८१ मंसीर २१ गते , शुक्रबार

एनपीएलको ट्रफी अनावरण, मुख्य आकर्षण कालापत्थरको ढुंगा

sajilo news
काठमाडौं
२०८१ मंसीर १० गते , सोमबार
एनपीएलको ट्रफी अनावरण, मुख्य आकर्षण कालापत्थरको ढुंगा

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलले नेपाली क्रिकेटलाई विश्वमाझ थप उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौँको धरहरा परिसरमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण कार्यक्रममा उनले ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको बताए। ट्रफीले नेपालीको भावना र प्राकृतिक सम्पदासंग जोड्न खोजेको उनले जानकारी दिए।

खड्काले ट्रफीका लागि पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ढुंगा ल्याएर सहयोग पुराएको जानकारी दिए ।यहि शनिबारबाट सुरु हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलको ट्रफी अनावरण गरेका हुन्। ट्रफी अनावरण कार्यक्रममा लिग खेल्ने ८ वटै टोलीका मार्की खेलाडीको समेत उपस्थित थिए। प्रतियोगीता पुस ६ गते समापन हुने क्यानले जनाएको छ । 

सम्बन्धित समाचार