२०८१ मंसीर २० गते , विहीबार

धरहरा चढ्नेलाई २०० रुपैयाँ शुल्क तोकियो

sajilo news
काठमाडौं
२०८१ मंसीर ८ गते , शनिबार
धरहरा चढ्नेलाई २०० रुपैयाँ शुल्क तोकियो

धरहरा चढ्नका लागि अबदेखि शुल्क तिर्नुपर्ने भएको छ। आजैदेखि लागू हुनेगरी सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ।

विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ। यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको धरहरा अब व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो।

सहरी विकास मन्त्रालयले गरेको प्रस्तावअनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ ताकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।

त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ। व्यावसायिक भिडियो छाँयाकनका लागि प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ।

सम्बन्धित समाचार