२०८१ मंसीर २० गते , विहीबार

अभिनेत्री श्वेताको नक्कली विवाहको तस्बिर भाइरल भएपछि...

sajilo news
एजेन्सी
२०८१ मंसीर ६ गते , विहीबार
अभिनेत्री श्वेताको नक्कली विवाहको तस्बिर भाइरल भएपछि...

मुम्बई । बलिउड अभिनेत्री श्वेता तिवारी र टेलीसृँखलाका अभिनेता विशाल आदित्य सिंहको विवाहको तस्बिर दुई दिन यताबाट भाईरल भएको छ । यी दुई कलाकार केही समय यताबाट प्रेम सम्बन्धमा रहेको बेला यी दुईको विवाहको तस्बिर एकाएक भाईरल भएको हो । यो खबर बाहिर आएपछि श्वेताका फ्यानहरु पनि अचम्ममा परेका छन् । उनलाई धेरैले विवाहको बधाई दिएपछि यी अभिनेत्री अहिले तनावमा छिन् ।

आफुलाई फोन गर्नेहरुलाई विवाहको यो तस्बिर नक्कली भएको अभिनेत्री श्वेताले बताएकी छिन् । एआई प्रविधिको माध्यमबाट आफुहरुको तस्बिरलाई विवाहको तस्बिरमा परिणत गरेर सार्वजनिक गरिएको यी अभिनेत्रीले प्रस्ट्याएकी छिन् । यसरी नक्काली फोटो बनाउने गिरोहलाई यी अभिनेत्रीले कारवाहीको माग पनि गरेकी छिन् । उनले यो विषयमा प्रहरीलाई समेत जानकारी गराएको बताएकी छिन् ।

श्वेता तिवारीको तेस्रो विवाह भनेर आएका समाचारलाई यी अभिनेत्रीले खण्डन समेत गरेकी छिन् । ४४ वर्षीय यी सुन्दरी अभिनेत्रीले हाल विवाह गर्ने कुनै योजना नरहेको बताएकी छिन् । विवाह भएको खण्डमा मिडियामा जानकारी गराउने पनि उनले प्रस्ट पारेकी छिन् ।

टेली सृँखला र भोजपुरी चलचित्र हुँदै बलिउड चलचित्रमा समेत स्थापित भएकी श्वेता अहिले पनि त्यत्तिकै सुन्दरी छिन् । यस अघि दुई पटक विवाह गरिसकेकी श्वेताको दुवै विवाह सफल भएन । केही वर्षअघि दोश्रो श्रीमानसँग पनि सम्बन्ध विच्छेद गरेकी यी अभिनेत्री पछिल्लो समय एकल छिन् । विगतका दुबै विवाह आफ्नो जीवनको लागि सुखद भन्दा पनि पीडादायी भएकाले तेश्रो विवाहको वारेमा यतिबेला आफुले चासो नदेखाएको पनि श्वेताले बताएकी छिन् । उनी दुई सन्तानकी आमा हुन् ।

उनले विशाल आदित्य आफ्नो राम्रो साथी भएको पनि बताएकी छिन् । विशाल अहिले आफ्नै अभिनय करियरमा केन्द्रित भएको पनि उनको कथन छ । पछिल्लो समय आफु पनि विभिन्न वेभ सिरिजमा व्यस्त रहेको यी अभिनेत्रीले बताएकी छिन् । त्यसैले आफु र विशालको करिअरमा असर पर्नेगरी यस्ता नक्कली विवाहको फोटोहरु शेयर नगर्न पनि उनले मिडिया र प्रसँसकहरुलाई आग्रह गरेकी छिन् ।

चन्द्रकान्त र बिग बोस १३ जस्ता लोकप्रिय शोहरूमा चर्चा कमाएका विशालले भने श्वेतासँग प्रेम रहेको स्विकारेका छन् । तर आफुहरु बीच राम्रो साथीको जस्तो सम्बन्ध रहेको उनको कथन छ । एकाएक आफुहरुको विवाहको नक्कली तस्बिर बाहिर आएपछि आफु पनि तनावमा रहेको विशालले बताएका छन् ।

सम्बन्धित समाचार