कास्टिङ क्राउचको प्रस्ताव बारम्बार झेलेकी कृतिका
मुम्बई । बलिउड अभिनेत्री कृतिका कमराले बलिउड चलचित्र उधोगमा अहिले पनि कास्टिङ क्राउच हुने गरेको बताएकी छिन् । तथापि थुप्रै कारणले गर्दा धेरै कलाकारले यस वारेमा आवाज उठाउन नसकेको उनको कथन छ । भोलीका दिनमा आफ्नो करिअर डुब्ने डरले धेरै चुप रहने गरेको पनि यी अभिनेत्रीको कथन छ ।
आफु पनि धेरै पटक कास्टिङक क्राउचको शिकार नजिक पुगेको उनले बताएकी छिन्,‘चलचित्र उधोगमा सँघर्ष गरिरहेकाहरुलाई यस्तो प्रस्ताव आउँछ र कतीपयले नचाहेर पनि कास्टिङ क्राउचको शिकार बन्नु परेको छ । यदि म पनि कास्टिङ क्राउनमा समर्पित भएका भए धेरै अघि नै स्टार बन्ने थिएँ होला ।’
चलचित्र मुम्बई मेरी जानबाट लोकप्रियता हाँसिल गरेकी यी अभिनेत्री यतिबेलका वेभ सिरिज एघार एघारका कारण चर्चामा छिन् । उनी यसो सिसिजमा प्रहरी अधिकारीको ससक्त भूमिकामा छिन् ।
यसै क्रममा उनले कास्टिङ क्राउच’bout मिडियासँग कुरा गर्दै यो समस्या बलिउडमात्र नभएर सँसारभरीको चलचित्र उधोगमा रहेको बताएकी छिन्,‘हामीसँग हातमा स्मार्टफोन हुँदाहँुँदै पनि कास्टिङ क्राउच बिरुद्ध प्रहरीमा उजुरी दिनसक्ने अबस्था छैन । त्यसैले चलचित्रमा काम गर्ने आडमा खुलेआम यौन सम्पर्कको प्रस्ताव राख्नेहरुबाट टाढा रहनुको अरु विकल्प छैन ।’ उनले भनेकी छिन् ।
‘यहाँ मि टुको अभियान चलेदेखि पहिलाको जस्तो खुल्ला रुपमा कास्टिङ क्राउचको समस्या देखिएको छैन र चलचित्रकर्मीहरु केही सचेत भएका छन् । तर पनि भित्री रुपमा यो समस्या अझै देखिएको अनुभव मैले गरेको छु ।’ अभिनेत्री कृतिमाले मिडियासँग भनेकी छिन् ।
हुन त अहिले कास्टिङ क्राउच बिरुद्ध बलिउडका धेरै सिनेकर्मी लागेका छन् । तर पनि खराव मानसिकता भएकाहरुलाई कहिल्यै पनि रोक्न नसकिने यी अभिनेत्रीको कथन छ । नयाँ आउने कलाकारलाई पनि उनी यस्तो समस्याबाट आफैं बच्नुपर्ने सुझाब दिन्छन् ।