२०८३ बैशाख २३ गते , बुधबार
अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय सिरिज
अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २–१ ले जितेको हो ।
बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रहमनुल्लाह गुरबाजको १०१ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएको थियो । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज २–१ ले जितेको छ । सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बंगलादेशले जितेको थियो ।