२०८३ बैशाख २३ गते , बुधबार

न्युजिल्याण्ड पहिलो पटक बन्यो विश्व च्याम्पियन

sajilo news
झापा
२०८१ कार्तिक ५ गते , सोमबार
न्युजिल्याण्ड पहिलो पटक बन्यो विश्व च्याम्पियन

आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो। 

न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो। टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो।

योसँगै न्युजिल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ। यस अघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए।

 

 

सम्बन्धित समाचार