२०८३ बैशाख २४ गते , विहीबार

चार जना भारतीय लुटेरा समातिए

sajilo news
झापा
२०८१ आश्विन २३ गते , बुधबार
चार जना भारतीय लुटेरा समातिए

प्रहरीले बाराको कलैया उपमहानगरपालिकाबाट ज्येष्ठ नागरिकको नागरिकको रकम लुटपाट गर्ने चार जना भारतीय लुटेरालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको बिहार राज्य पश्चिम चम्पारण जिल्ला रानीपोखरी ग्राम पञ्चायत वडा नम्बर ४३ रानीपोखरी टोल बस्ने ५९ वर्षीय सुरेशप्रसाद बानियाँ, सोही ग्राम पञ्चायतको वडा नम्बर ४४ रानीपोखरी टोल बस्ने ४५ वर्षीय शर्मा मुखिया, सोही वडा बस्ने ३५ वर्षीय शैलेश तिवारी र भारत बिहार राज्य मोजफरपुर जिल्ला ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने ३४ वर्षीय रवि दास रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्। 

उनीहरूले कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने ज्येष्ठ नागरिकले सोमबार सवा १२ बजे कलैयास्थित प्रभु बैंकबाट ५० हजार रुपैयाँ झिकी घरतर्फ जाँदै गरेको अवस्थामा उनको रुपैयाँ लुटपाट गरेका थिए। 

सम्बन्धित समाचार