२०८३ बैशाख २३ गते , बुधबार

घटास्थापनाका दिन दोस्रो 'भद्रपुर रन' : तयारी अन्तिम चरणमा, पुरस्कार नगरवासी बाहेकले नपाउने

sajilo news
झापा
२०८१ आश्विन १४ गते , सोमबार
घटास्थापनाका दिन दोस्रो 'भद्रपुर रन' : तयारी अन्तिम चरणमा, पुरस्कार नगरवासी बाहेकले नपाउने

झापा । दोस्रो भद्रपुर रन (खुला म्याराथन) प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । ६ वर्षअघि पहिलो पटक भद्रपुर रनको आयोजना गरेको ८ नम्बर वडा कार्यालयले यसबर्ष बडादशैंको अवसरमा यही असोज १७ गते घटस्थापना दिन गर्न लागेको आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमार्फत नै आयोजक समितिले भद्रपुर रनमा सहभागी हुने खेलाडीका लागि जर्सी समेत सार्वजनिक गरेको छ । 

भद्रपुर रन व्यवस्थापन समितिले यसबर्ष भद्रपुरभन्दा बाहिरका खेलाडीलाई पुरस्कार नदिने व्यवस्था मिलाएको समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए ।

भद्रपुर रनमा जो सुकैले भाग लिए पनि पदक तथा पुरस्कार जित्न भद्रपुरका बासिन्दा हुनु पर्ने र त्यसको लागि प्रमाण पेश गर्नुपर्ने उनको भनाई छ । प्रतियोगितामा महिलातर्फ ६.१ किलोमिटर र पुरुषतर्फ ८.८ किलोमिटर रुट तय गरिएको छ । सगरमाथा चौकबाट सुरु हुने दौड क्याम्पस मोड हुँदै रजत जयन्ती चोक, जिल्ला कारागार, घोडामारा, जनता चोक, संगम चोक भएर सगरमाथा चोकमा आएर समापन हुने छ । 

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ पुरस्कारको व्यवस्था मिलाइएको छ । प्रथम हुनेले नगद ३१ हजार, दोस्रोले २१ हजार, तेस्रोले ११ हजार, चौथोले ५ हजार पाचौंले २ हजार र छैटौँदेखि देखि १० औलसम्मले नगद एक हजार पुरस्कार पाउने भएका छन् । 

प्रतियोगिता भएको दिन प्रथमदेखि चौथोसम्म स्थान प्राप्त गर्ने खेलाडीले डमी चेक प्राप्त गर्ने छन् । प्रमाण पेश गर्नेले सोही दिन वा प्रमाण पेश नगर्नेले तीन दिन भित्रमा प्रमाण पेश गर्नुपर्ने उनले बताए । 

प्रथम पटक २०७६ सालमा भद्रपुर रनको आयोजना भएको भए पनि विभिन्न कारणले रोकिएको रन अब भने हरेक वर्ष घटस्थापनाकै दिन सम्पन्न गर्ने गरी कोष खडा गरेरै अगाडि बढिएको उनको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ भने खर्चको श्रोत विभिन्न दाताबाट सङ्कलन गरिएको जनाइएको छ ।

प्रतियोगितामा करिब एक हजार विद्यार्थी सहभागी हुनेछ । उनीहरूलाई दर्ता शुल्क लाग्दैन । १३ वर्षमाथिका करिब दुई हजार बढी प्रतियोगी सहभागी हुने अनुमान गरिएको समितिका प्रेस संयोजक गोपाल गिरीले बताए । प्रतियोगीको दर्ताका लागि ज्ञानचोक, झापाचोक, सगरमाथा चोक र मेची रंगशालामा नाम दर्ता केन्द्र स्थापना गरिएको उनको भनाई छ । साथै आयोजक समितिले मिडिया कप फुटबलका लागि भद्रपुर प्रेस क्लब भद्रपुरलाई सौजन्य स्वरूप जर्सी पनि प्रदान गरेको छ ।  

सम्बन्धित समाचार