२०८१ आश्विन १७ गते , विहीबार

छात्रामाथि यौन हिंसाको आरोप लागेका शिक्षक अदालतबाट सफाई नपाई 'हेडमास्टर'को कुर्सीमा

sajilo news
झापा
२०८१ आश्विन ९ गते , बुधबार
छात्रामाथि यौन हिंसाको आरोप लागेका शिक्षक अदालतबाट सफाई नपाई 'हेडमास्टर'को कुर्सीमा

तीन दिन अघि धरौटीमा छुटेका यौन हिंसाका आरोपी झापाको कमल गाउँपालिका ३ केर्खास्थित शहिद धर्मभक्त माविका शिक्षक शिवकुमार भट्टराई विद्यालयमा हाजिर भएकोमा कमलका विभिन्न विद्यार्थी सङ्गठनहरूले आफ्नो गम्भीर ध्यानाकर्षण भन्दै आपत्ति जनाएका छन् ।

नेविसंघसहित समाजवादी विद्यार्थी युनियन, सङ्घीय विद्यार्थी युनियन, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संघ(सङ्गठनहरूले विवादित मात्र नभएर अदालतबाट धरौटीमा छुटेका अभियुक्त भट्टराईले आफू विरुद्ध लागेको अभियोगबाट सफाइ पाई नसकेको हुँदा उनलाई विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा हाजिरी गराउने कार्य भएकोमा आपत्ति जनाएका हुन् । शिक्षक भट्टराई विरुद्ध आफ्नै विद्यालयकी छात्राले यौन हिंसाको जाहेरी दिएकी थिइन् । जाहेरीपछि फरार रहेका भट्टराईलाई पक्राउ गरी अदालतबाट धरौटीमा रिहा भएका थिए ।

सोही विषयलाई लिएर उनीहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य हुनुपरेको नेविसंघ झापाका सचिव जितेन साम्पाङले बताए । विद्यार्थी सङ्गठनहरूले यौन हिंसाका आरोपी शिक्षक भट्टराईको मुद्दा विचाराधीन हुँदा हुँदै विद्यालयमा हाजिर गराउँदा ती पीडित बालिकाहरू माथि झन् ‘ह्यारेस्मेन्ट ’ गराइएकाले उनलाई तत्काल निलम्बन गर्न माग गरेका उल्लेख छ ।

विद्यार्थी सङ्गठनहरूले लगाएको ताला बिना वार्ता, बिना छलफल विद्यालय व्यवस्थापन समितिले प्रहरी लगाएर तोड्ने कार्य भएको प्रति आपत्ति जनाउँदै त्यसको हिसाबकिताब गराएर छाड्ने समेत चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार