२०८३ बैशाख २४ गते , विहीबार

झापामा छुरा प्रहारबाट मृत्यु भएकी युवतीकाे पहिचान खुल्यो

sajilo news
झापा
२०८१ भाद्र २९ गते , शनिबार
झापामा छुरा प्रहारबाट मृत्यु भएकी युवतीकाे पहिचान खुल्यो

झापाकाे अर्जुनधारा नगरपालिका- ६ स्थित  महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ ।

हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो । उनी हाल बिर्तामोड नगरपालिका- ५ पाथिभरा टोलमा डेरा गरी बस्दै आएकी थिइन् । । त्यस्तै उनलाई छुरा प्रहार गर्ने युवक कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर-३ बस्ने अन्दाजी २० वर्षका अनिल विक भएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको हो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।

छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।

सम्बन्धित समाचार