२०८१ भाद्र २४ गते , सोमबार

रुसमा पर्यटक हेलिकप्टर दुर्घटना, १७ जनाको शव फेला

sajilo news
बीबीसी
२०८१ भाद्र १७ गते , सोमबार
रुसमा पर्यटक हेलिकप्टर दुर्घटना, १७ जनाको शव फेला

मस्को । रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । हालसम्म १७ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ । रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । हेलिकप्टरमा सवार अधिकांश पर्यटक थिए ।

शनिबार कामचटका क्षेत्रमा रहेको भाचकाजेट्स ज्वालामुखी नजिकैको बेसबाट उडेको विमान बेपत्ता भएको थियो । आइतबार अधिकारीहरूले १७ शव फेला परेको पुष्टि गरेका समाचार बीबीसीमा छ।

यो क्षेत्र पर्यटकका लागि सक्रिय ज्वालामुखी को लागि प्रसिद्ध क्षेत्र हो । के कारणले दुर्घटना भएको हो अझै खुल्न सकेको छैन । एमआई–८टी हेलिकप्टर शनिबार राडारबाट हराएको थियो । उक्त हेलिकप्टरमा १९ पर्यटक र ३ चालक दलका सदस्य सवार थिए ।

सम्बन्धित समाचार