२०८३ बैशाख २३ गते , बुधबार

साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै भारत विजयी

sajilo news
झापा
२०८१ भाद्र ३ गते , सोमबार
साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै भारत विजयी

साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। 

भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो। उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ। 

सम्बन्धित समाचार