२०८३ बैशाख २३ गते , बुधबार

भलिबल खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

sajilo news
झापा
२०८१ श्रावण ३२ गते , शुक्रबार
भलिबल खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी भएका १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको हो।

सम्बन्धित समाचार