२०८१ भाद्र २४ गते , सोमबार

नेपाललाई हराउँदै भारतले जित्यो काभा भलिबलको उपाधि

sajilo news
काठमाडौं
२०८१ श्रावण २३ गते , बुधबार
नेपाललाई हराउँदै भारतले जित्यो काभा भलिबलको उपाधि

सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ। पाँचौँ सेट १५-५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३-२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो।

२-१ सेटले अगाडि रहेको नेपाल फेरि भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ। लिग चरणको खेलमा भने नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको थियो।

नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो। भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो। दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५-१४ को फराकिलो अन्तरले जित्यो।

प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लिएको थियो।  फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५-२१ बाट भारतले जितेर खेल २-२ को बराबरीमा ल्यायो। यसअघि भएको खेलमा इरानले सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो भयो।सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३-० को सेटमा पराजित गरेका थिए। 

सम्बन्धित समाचार