२०८१ माघ १० गते , विहीबार

निजी विद्यालयद्वारा श्रम ऐन उल्लङ्घन, सुधारको मागसहित ध्यानाकर्षण

sajilo news
झापा
२०८१ श्रावण १४ गते , सोमबार
निजी विद्यालयद्वारा श्रम ऐन उल्लङ्घन, सुधारको मागसहित ध्यानाकर्षण

भद्रपुर । संस्थागत विद्यालयहरूले वर्तमान कानुनविपरित क्रियाकलाप गरिरहेको भन्दै नियन्त्रणको मागसहित शिक्षक कर्मचारीहरूले सरोकारवाला कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

निजी विद्यालय पीडित शिक्षक सङ्घर्ष समिति झापाले भद्रगोल अवस्थामा चलिरहेका निजी विद्यालयहरूलाई नियमसंगत बनाउन माग राख्दै जिल्ला प्रशासन कार्यालय, श्रम तथा रोजगार कार्यालय, भद्रपुर नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाई झापामा ध्यानाकर्षणपत्र बुझाएको हो । संयोजक नितेश सिंहको नेतृत्वमा गएको शिक्षक कर्मचारीहरूको टोलीले ध्यानाकर्षणपत्र बुझाएको थियो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि चापागाईँ, भद्रपुर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज प्रसाईँलगायतलाई ध्यानाकर्षणपत्र बुझाएको जनाइएको छ ।
पछिल्लो समय झापामा रहेका अधिकांश निजी विद्यालयले श्रम ऐनमा प्रस्ट लेखिएको दरबन्दी सिर्जना प्रक्रिया उल्लङ्घन गर्दै स्थायी र अस्थायी दरबन्दी एउटा पनि कार्यान्वयन गरेका छैनन् ।

केही करार तथा अधिकांश दैनिक ज्यालादारी कामदार बनाएर शिक्षक कर्मचारीमाथि शोषण गर्दै वर्षौँदेखि कानुनलाई चुनौती दिइरहेको उनीहरूको आरोप छ । । नियामक सरकारी निकायले देखेर पनि नदेखेजस्तो गरिरहेको भन्दै शिक्षक कर्मचारीले आन्दोलनका लागि तयार हुन थालेको चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार