२०८३ बैशाख २३ गते , बुधबार

पेरिस ओलम्पिकको भव्य उद्घाटन

sajilo news
एजेन्सी
२०८१ श्रावण १२ गते , शनिबार
पेरिस ओलम्पिकको भव्य उद्घाटन

पेरिस ओलम्पिक २०२४ भव्यरूपमा शुरु भएको छ । १०० वर्षअघि दुर्गन्धका कारण बदनाम भएको सेन नदीमा योपटक ओलम्पिक उद्घाटन भएको छ। 

कुनै पनि ठूलो खेल समारोह नदीमा उद्घाटन भएको यो पहिलो पटक हो। उद्घाटन समारोहमा विश्वभरबाट सहभागी भएका खेलाडी र प्रतिनिधि डुंगामा सवार भएर ६ किलोमिटरको यात्रा गरेका छन् भने नदीका दुवै साइड र पुलबाट विभिन्न प्रस्तुति देखाइयो। 

चार घण्टासम्म चलेको उद्घाटन समारोहमा २५० प्रतिनिधि मण्डलका ६ हजार ८०० खेलाडीले ८५ वटा डुंगामा परेड गरेर उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । फ्रान्सको राजधानी पेरिसस्थित सबैभन्दा प्रसिद्धस्थल अस्ट्रेलिज ब्रिजबाट आतिसबाजी गरिएको थियो। 

अमेरिकी चर्चित गायीका लेडी गागा तथा क्यानडाकी सेलिन डियोनको प्रस्तुति पनि राखिएको थियो। पेरिस ओलम्पिकमा ३२ खेलमा १० हजार ५ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अगस्ट ११ मा सम्पन्न हुनेछ । केही खेल भने उद्घाटन समारोहअघि देखि नै शुरु भइसकेका छन्।

सम्बन्धित समाचार