२०८२ बैशाख १२ गते , शुक्रबार
सनथ जयसूर्या श्रीलंकाका मुख्य प्रशिक्षकमा नियुक्त

पूर्वकप्तान सनथ जयसूर्या श्रीलंका पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। ट्वान्टी-२० विश्वकपमा श्रीलंका समूह चरणबाटै बाहिरिएपछि इंग्ल्याण्डका ४९ वर्षीय प्रशिक्षक क्रिस सिल्भरवुडले व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । त्यसैले भारतविरुद्धको घरेलु शृंखला र सेप्टेम्बरमा इंग्ल्याण्डविरुद्ध हुने टेस्ट भ्रमणसम्मका लागि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।
जयसूर्यासँग प्रशिक्षण गराएको अनुभव छैन । तर, उनी श्रीलंकाली टोलीको मुख्य छनोटकर्ता भने भइसकेका छन् । टेस्ट र एकदिवसीय पूर्वकप्तान जयसूर्याले जारी लंका प्रिमियर लिग (एलपिएल) को अन्त्यपछि टोलीको नेतृत्व सम्हालेछन् । उनले एकदिवसीय क्रिकेटमा १३ हजार ४३० रन बनाएको थियो । एकदिवसीय क्रिकेटमा उनको नाममा ३२३ विकेट पनि छन् ।