२०८३ बैशाख २३ गते , बुधबार

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

sajilo news
एजेन्सी
२०८१ असार २६ गते , बुधबार
अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा क्यानडालाई २-० गोल अन्तरले हराउँदै  अर्जेन्टिना १६औँउपाधि नजिक पुगेको हो। 

१५ पटकको च्याम्पियन अर्जेन्टिनाका लागि पहिलो हाफको २२औँ मिनेटमा जुनियल अल्भारेजले गोल गर्दै अग्रता लिए। पहिलो हाफमा १-० को अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो गोल ५१औँ मिनेटमा लियोनल मेस्सीले गरे। 

जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो। उपाधिका लागि अर्जेन्टिनाले भोलि हुने कोलम्बिया र उरुग्वेको विजेतासँग खेल्नेछ। 

सम्बन्धित समाचार