२०८१ चैत्र १४ गते , विहीबार

भारतको आसाममा बाढीको कहरबाट २३ लाख मानिस प्रभावित

sajilo news
एजेन्सी
२०८१ असार २४ गते , सोमबार
भारतको आसाममा बाढीको कहरबाट २३ लाख मानिस प्रभावित

भारतको आसाममा अविरल वर्षासँगैको बाढीका कारण  २३ लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण २९ जिल्लाका ९८ गाउँ डुबानमा परेको स्थानीय अधिकारीहरूले जनाएका छन्। मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, हटियाला चा, चतियारा, डेका चार, वार चार क्षेत्रका बाढीले सबै सडक डुबानमा परेपछि स्थानीयवासी मारमा परेका छन्।

आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले आइतबार दराङ जिल्लाका बाढी प्रभावित क्षेत्रको भ्रमण गरी अवस्थाको जानकारी लिए।

‘बाढीले असममा चारवटा तटबन्ध भत्किएका छन्। नदी किनारमा धेरै विनाश भएको छ’, उनले भने, ‘हामीले अवस्थालाई गम्भीरतापूर्वक अनुगमन गरिरहेका छौँ।’ ब्रह्मपुत्र नदी र यसका सहायक नदीहरूमा पानीको स्तर अहिले घटिरहेको बताइएको छ। 

सम्बन्धित समाचार