२०८१ पौष २९ गते , सोमबार

साउदी अरेबियामा पनि चर्को घाममा काम लगाउन प्रतिबन्ध

sajilo news
पत्रपत्रिका
२०८१ असार १ गते , शनिबार
साउदी अरेबियामा पनि चर्को घाममा काम लगाउन प्रतिबन्ध

काठमाडौँ । साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ देखि ३ बजेसम्म बाहिर प्रत्यक्ष घाममा काममा लगाउन नपाइने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूका कामदारलाई स्वस्थ, सुरक्षित कार्यवातावरण प्रदान गर्न, सूर्यको प्रकाश, गर्मीको तनावबाट हुने कुनै पनि जोखिम र हानिबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस निर्णयले विभिन्न पेसागत जोखिमहरूबाट सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउने प्रयास गरेकाले यस निर्णयमा उल्लेख गरिएका कुराहरू कार्यान्वयन गर्न रोजगारदाताहरूलाई कामको समय मिलाउन र यस निर्णयमा उल्लेख भएका कुराहरू कार्यान्वयन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ ।

प्रतिबन्धको समयमा कुनै कानुन उल्लंघन भएमा ग्राहक सेवा फोन नम्बर १९९११ मार्फत सूचित गर्न सबैलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ । श्रम कानुनको धारा २३६ अन्तर्गत दिउँसो काममा प्रतिबन्ध लगाउने सम्बन्धमा नियम उल्लंघन गर्ने कम्पनी तथा प्रतिष्ठानहरूलाई प्रत्येक उल्लंघनमा कम्तीमा ३ देखि १० हजार रियालसम्म जरिमाना हुनेछ । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार