२०८३ असार ३ गते , बुधबार

मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लागेर सासूको मृत्यु, बुहारी घाइते

sajilo news
मोरङ
२०८१ जेष्ठ ३२ गते , शुक्रबार
मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लागेर सासूको मृत्यु, बुहारी घाइते

मोरङको जहदा गाउँपालिका–१ झैलाचोकमा करेन्ट लागेर बिहीबार दिउँसो सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन्। 

करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार दिउँसो २ बजेतिर मृत्यु भएको हो। 

करेन्ट लागेर रेवतीदेवीकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन्। चन्द्रिको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। अवस्था मध्यम रहेको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार घरमा मोटर चलाएर कपडा धुने क्रममा दिउँसो १२स्३० बजेतिर विद्युत् सर्ट भइ करेन्ट लागेर सासू रेवतीदेवी र बुहारी चन्द्रिका घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  रेवतीदेवीको उपचारका क्रममा मृत्यु भएको हो भने बुहारीको उपचार जारी छ। 

सम्बन्धित समाचार