२०८३ असार ३ गते , बुधबार

पत्रकार तथा पूर्व शिक्षक नेत्र पाठकको निधन

sajilo news
झापा
२०८१ जेष्ठ ३१ गते , विहीबार
पत्रकार तथा पूर्व शिक्षक नेत्र पाठकको निधन

पूर्व शिक्षक तथा पुराना पत्रकार नेत्र पाठकको निधन भएको छ । बिर्तामोड-४ निवासी पाठकको ७२ वर्षको उमेरमा आज बिहान ९.३० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ्य रहेका थिए । नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका पाठकले पत्रकारिता पनि गरेका थिए । उनी प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष हुन् ।

दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासँग सम्बन्धित समस्याको उपचार गर्दै आएका पाठक तीन वर्षदेखि घरमा आराम गरिरहेका थिए ।

सम्बन्धित समाचार