२०८३ असार ३ गते , बुधबार

सङ्खुवासभामा पहिरो जाँदा एकको मृत्यु, दुईजना घाइते

sajilo news
झापा
२०८१ जेष्ठ ३० गते , बुधबार
सङ्खुवासभामा पहिरो जाँदा एकको मृत्यु, दुईजना घाइते

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

सम्बन्धित समाचार